

जनकपुरधाम ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग प्रतिनिधिमण्डलले भेट गरी एडीबीको टोलीले भेट गरेको छ । सो क्रममा पिएफएम मूल्यांकनबारे छलफल भएको छ ।
मधेश प्रदेश सरकारले सार्वजनिक वित्तीय व्यवस्थापन मूल्यांकनको अन्तिम चरणमा पुगेको छ । यो मूल्यांकन एशियन डेभलपमेन्ट बैंक (एडीबी) को प्राविधिक सहयोगमा स्वमूल्यांकन विधिबाट अगाडि बढाइएको हो ।
सोही क्रममा एडीबी निर्देशक श्रीनिवासन जर्नादनमको नेतृत्वमा आएको टोलीले हालसम्मको मूल्यांकन प्रक्रिया, नतिजा र आगामी कार्ययोजनाबारे छलफल गरेको हो ।
छलफलमा प्रदेश सरकारका प्रमुख सचिव मदन भुजेल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. सोहन प्रसाद साह, साथै एडीबीका वरिष्ठ अधिकृत जुलिका र कृष्ण पाठकको उपस्थिति थियो ।
प्रदेश सरकारले पारदर्शिता, उत्तरदायित्व र प्रभावकारी बजेट कार्यान्वयनको लक्ष्यसहित सार्वजनिक वित्तीय व्यवस्थापन सुधारका लागि यो मूल्यांकन अघि बढाएको हो ।
नेपालमा यसअघि गण्डकी प्रदेशले पिएफएम मूल्यांकन पूरा गरिसकेको छ भने मधेश प्रदेशको मूल्यांकन अन्तिम चरणमा पुगेको एडीबी प्रतिनिधिमण्डलले जनाएको छ ।
