Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

अपराधिक कृयाकलाप धनुषामा निरन्तर बढ्दै





जनकपुरधाम ।
धनुषा जिल्लामा अपराधिक कृयाकलाप निरन्तर बढ्दै गईरहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाको पछिल्लो ३ वर्षको विवरणलाई केलाउँदा अपराधिक कृयाकलाप निरन्तर बढ्दै गईरहेको देखिन्छ । जिल्ला प्रहरी कार्यालय धनुषाको तथ्यांक अनुसार गत आर्थिक वर्षमा १३६६ वटा अपराधिक घटना भएका थिए । यस अघि आर्थिक वर्ष २०७९÷०८०मा १५४५ वटा अपराधिक घटना भएको थियो । जबकि आर्थिक वर्ष २०७८÷०७९मा १२६२ वटा अपराधिक घटना भएका थिए ।
घटनामा संलग्नलाई प्रहरीले आर्थिक वर्ष २०७८÷०७९मा १०९८ जनालाई पक्राउ गरेको थियो भने आर्थिक वर्ष २०७९÷०८०मा ११५० जनालाई प्रहरीले पक्राउ गर्न सफल भएको थियो । जबकि गत आर्थिक वर्षमा प्रहरीले ७ सय ८५ जनालाई मात्रै पक्राउ गर्न सफल भएको हो ।
प्रहरीले यी घटनाहरुमध्ये आर्थिक वर्ष २०७८÷०७९मा १०७८, आर्थिक वर्ष २०७९÷०८०मा १०५८ र गत आर्थिक वर्षमा ७ सय ४ घटना फर्छयौट गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।