Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

आफु कहिल्यै भ्रष्टाचार गरेको छैनः माधव नेपाल





जनकपुरधाम ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूले अहिलेसम्म भ्रष्टाचार नगरेको बताएका छन् ।
पार्टी कामको सिलसिलामा रौतहटमा रहेका नेपालले पार्टी कार्यालयमा जिल्ला नेताहरूसँगको भेटमा यस्तो बताएका हुन् ।
‘मैले आजसम्म कहिल्यै कुनै भ्रष्टाचार गरेको छैन । तर, मविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको समाचारहरू आएका छन् । त्यसैले म अब काठमाडौं जाँदैछु,’ नेपालले भने ।
उनले आफू सधैं सुशासनको पक्षमा अडिग रहेकाले कसैले भ्रष्टाचारी सिद्ध गर्न नसक्ने भन्दै कार्यकर्तालाई निराश नहुन आग्रह गरेको एक जिल्ला नेताले बताए ।