Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

जनकपुरधाम आएर ईश्वर पोखरेलले भने– भारत–चीनसँगको सम्बन्ध सन्तुलित बनाए मात्रै समृद्ध नेपाल सम्भव





जनकपुरधाम ।
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपालले भारत र चीनसँग सन्तुलित र मित्रवत् सम्बन्ध कायम गर्दै समृद्धिको यात्रामा अगाडी बढ्नुपर्नेमा जोड दिएका छन् ।
जनकपुरधामस्थित सरस्वती माध्यमिक विद्यालयमा आयोजित शैक्षिक सामग्री वितरण कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले नेपालका दुवै छिमेकी—भारत र चीन—विश्वकै ठूलो जनसंख्या भएका राष्ट्रहरू रहेको भन्दै “नेपाल दुबैको बीचमा रहनु आफैंमा अवसर हो” भन्ने धारणा राखे । ‘हाम्रो दुवै छिमेकी मुलुक समृद्धिको बाटोमा छन् । हामीले पनि छिमेकीहरुबाट पाठ सिक्नुपर्छ । उनीहरूको सहयोगलाई सम्मानपूर्वक स्वीकार गरेर देशलाई समृद्धितर्फ डोर्याउन सकिन्छ,’ पोखरेलले भने ।
कार्यक्रममा पूर्व मन्त्री जुलीकुमारी महतोले पछिल्लो समय सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर खस्किदै गईरहेकोमा चिन्ता व्यक्त गरिन् । उनले सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर उकास्न र ती गुनासाहरुलाई चिर्न हामीले नै पहल गर्नुपर्छ बताइन् ।
कार्यक्रममा चीनको दूतावासले सरस्वती माध्यमिक विद्यालयलाई सहयोग स्वरूप डेस्क, बेञ्च, ह्वाइट बोर्ड, स्मार्ट बोर्डलगायत आधुनिक शैक्षिक सामग्रीहरू हस्तान्तरण गरेको छ । विद्यालयका प्रधानाध्यापकले यस प्रकारको सहयोगले विद्यार्थीको सिकाइमा प्रत्यक्ष प्रभाव पर्ने विश्वास व्यक्त गरे ।
उक्त कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक, विद्यार्थी, जनप्रतिनिधि तथा स्थानीयको उपस्थिति रहेको थियो ।