Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मधेशमा असार १० र ११ गते दुई दिवसीय राष्ट्रिय शिक्षा सम्मेलन हुने





जनकपुरधाम ।
मधेशको शिक्षा तथा संस्कृति मन्त्रालयको आयोजनामा आगामी असार १० र ११ गते जनकपुरधाममा राष्ट्रिय शिक्षा सम्मेलनको आयोजना हुने भएको छ । सम्मेलनको उद्देश्य संघीयता अन्तर्गत शिक्षा क्षेत्रका नीति निर्माण, योजना, कार्यान्वयन र समन्वयमा नयाँ परिप्रेक्ष्य तय गर्नु रहेको छ ।
सोमबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा ले सम्मेलनका उद्देश्य, तयारी र सहभागिता सम्बन्धी जानकारी दिइन् । उनले भनिन्, ‘हामी प्रदेश र स्थानीय तहका यथार्थ, चुनौती र सम्भावनालाई आधार मानेर शिक्षामा सुधारका मार्गहरू खोज्दैछौं ।’
दुई दिनसम्म चल्ने सम्मेलनमा सातै प्रदेशका शिक्षामन्त्री तथा सचिवहरू, संघीय शिक्षा मन्त्रालयका प्रतिनिधिहरू, संसद्का समिति सदस्यहरू, विश्वविद्यालय तथा अनुसन्धान संस्थाका विज्ञहरू, शिक्षक संघ, विद्यार्थी सङ्गठन, नागरिक समाज, सञ्चारकर्मी तथा विकास साझेदारहरूको सहभागीता रहने छ ।
सम्मेलनमा शिक्षण विधिमा नवप्रवर्तन, शिक्षा नीति र शासन, समावेशी तथा न्यायसंगत शिक्षा, डिजिटल शिक्षाको रूपान्तरण, समुदायको संलग्नता, प्रमाणमा आधारित अनुसन्धान, मधेश प्रदेशका शिक्षा सम्बन्धी चुनौती र अवसर तथा स्रोत परिचालनका विषयमा गहन छलफल हुने मन्त्री शर्माले बताइन् ।