

एजेन्सी ।
अष्ट्रेलियन ब्याटिङ अलराउण्डर ग्लेन म्याक्सवेलल एक दिवसीय क्रिकेटबाट सन्यास घोषणा गरेका छन् ।
म्यासवेलले आज सोमबार एक दिवसीय क्रिकेटबाट सन्यास घोषणा गरेका हुन्। तर उनी अर्को वर्ष हुने टी–२० विश्वकपमा भने उपलब्ध हुनेछन् ।
सोमबार फाइनल वल्र्ड पोडकास्टमा अन्तवार्ता दिँदै उनले सन्यास घोषणा गरेका हुन्। सन्यास घोषणा गर्दै उनले भने, ’मलाई मेरो शरीरले केही समस्या पारिरहेको थियो, जसको कारण मेरो टोलीलाई पनि केही निराश पारेको जस्तो लाग्यो ।’
सन् २०२२ मा उनको खुट्टा भाँचिएपछि खेल्न अफ्ट्यारो भइरहेको उनले बताएका छन् । म्याक्सवेलले यसबारेमा अष्ट्रेलियन क्रिकेटका केही पदाधिकारीसँग कुरा गरेर नै निर्णय लिएको बताए ।
’सन् २०२७ को विश्वकपको बारेमा पनि कुरा भएको थियो । तर मलाई लाग्दैन की म त्यो समयसम्म ठिक हुन्छु त्यसैले २ वर्ष होल्ड गरेर बस्नुभन्दा छोड्नु ठिक लाग्यो म स्वार्थ भएर खेल्न चाहान्न’ उनले भने ।
यो वर्षको सुरुवातमा च्याम्पियन्स ट्रफीको सेमिफाइनलबाट अष्ट्रेलिया बाहिरिएपछि उनले ओडीआईबाट सन्यास लिएका हुन् । म्याक्सवेलले टेष्ट क्रिकेटबाट पनि औपचारिक सन्यास लिएका छैनन्। तर उनले फेरि रेड बल खेल्ने सम्भावना भने छैन ।
म्याक्सवेलले १ सय ४९ खेलमा ३९९० रन बनाउँदा स्ट्राइक रनरेट ३३.८१ रहेको छ । उनले ७७ विकेट आफ्नो नाममा गरेका छन् । सन् २०२३ मा अफगानिस्तानविरुद्ध भएको ओडीआई विश्वकपमा उनले दोहोरो शतक प्रहार गरेका थिए । अष्ट्रेलियाले २ सय ९२ रनको लक्ष्य पछ्याउँदा ७ विकेट गुमाएको अवस्थामा छैटौँ नम्बरमा ब्याटिङमा आएका उनले दोहोरो शतक हानेका थिए । जुन खेल अष्ट्रेलियाले ३ विकेटले जितेको थियो ।
म्याक्सवेलले यो क्षणलाई आफ्नो उत्कृष्ट इनिङस्को रुपमा व्याख्या समेत गरे । उनले भने, म धेरै भाग्यशाली छु की मैले यो पल पाउन सके ।
म्याक्सवेलले २०२३ मा नेदरल्यान्डविरुद्ध ४० बलमा शतक पूरा गर्दै एक दिवसीय विश्वकपमा सबैभन्दा छिटो शतक पूरा गरेका थिए । त्यसअघि २०२५ मा उनले ५१ बलमा शतक पूरा गरेका थिए ।
सन् २०१२ मा ओडीआईमा डेब्यु गरेका म्याक्सवेलले सन् २०१५ र २०२३ मा आइसीसी एक दिवसीय विश्वकपको उपाधि जितेका थिए ।
