Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

भारतका राष्ट्रपति र प्रधानमन्त्रीलाई नेपालमा हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापनाकालागि दवाब दिन ज्ञापन पत्र





काठमाडौं ।
नेपालमा हिन्दुराष्ट्र र राजसंस्था पुनर्स्थापनाका लागि भारतबाट दबाब दिने प्रयास गरिएको छ । त्यसका लागि नेपाल हिन्दु राष्ट्र पुनस्र्थापना मञ्चले भारतका राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीलाई ज्ञापन पत्र बुझाएको छ ।
ज्ञापन पत्रमा नेपाललाई पुनः हिन्दु राष्ट्र घोषित गर्नका लागि नैतिक, कूटनीतिक र रणनीतिक समर्थन गरिदिन माग गरिएको छ । दिल्लीको प्रेस क्लब अफ इण्डियामा आयोजित पत्रकार सम्मेलनमा संस्थाका अन्तर्राष्ट्रिय संस्थापक अध्यक्ष डाक्टर इन्जिनियर विष्णुप्रसाद बरालले नेपालमा राजसंस्था सहितको पुनः हिन्दु राष्ट्र फर्काउनका लागि आफूहरुले भारतबाट अन्तर्राष्ट्रिय दबाब बनाउन शुरु गरेको बताए । सोही क्रममा भारतका राष्ट्रपति र प्रधानमन्त्रीलाई ज्ञापन पत्र दिएको उनको भनाइ छ ।
गणतन्त्र आएको १७ वर्षमा नेपालमा राजसंस्था र हिन्दु राष्ट्र विना विकास सम्भव नभएको भन्ने पुष्टि भएको उनले जिकिर गरे ।