Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

नयाँ कमला पुल निर्माणको माग गर्दै सिरहाका स्थानीय आमरण अनशनमा बस्दै





जनकपुरधाम ।
धनुषा र सिरहा जिल्लालाई जोड्ने कमला नदीमा नयाँ पुल निर्माणको माग गर्दै सिरहाका स्थानीय आज आमरण अनशनमा बस्न लागेका छन् ।
कमलामा नया पुल निर्माणको माग गर्दै आन्दोलित सिरहाका स्थानीय जनकपुरधामस्थित मुख्यमन्त्री कार्यालय अगाडी आमरण अनशनमा बस्न लागेका हुन् । गत साता मात्रै मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहलाई नयाँ पुल निर्माणका लागि प्रकृया अगाडी बढाउने गरी ७ दिने अल्टिमेटम सहित उनीहरुले ज्ञापन पत्र बुझाएका थिए । तर मुख्यमन्त्रीले आफूहरुको मागप्रति बेवास्ता गरेपछि आफूहरु आज आमरण अनशनमा बस्न लागेको आन्दोलनको अगुवाई गरिरहेका प्रविण यादवले जानकारी दिए । मुख्यमन्त्रीलाई गत साता नयाँ पुल निर्माणका लागि संघ सरकारसंग पहल गर्न भनेका थियौँ, उनले भने ‘तर त्यहाँबाट एक फोन कलसम्म नआएको र प्रदेश सरकारले कुनै गम्भिरता देखाएको छैन ।’ म आफै पनि आमरण अनशनमा बस्न लागेको उनले जानकारी दिए । उनी संगै ९ जना सिरहाका स्थानीय आमरण अनशनमा बस्न लागेका हुन् ।