Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

गृहमन्त्रीको राजिनामा नआएसम्म संसद अवरोध जारी राख्ने माओवादी केन्द्रको निर्णय





काठमाडौं ।
नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद अवरोध जारी राख्ने निर्णय गरेको छ ।
बैठक पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा शुक्रबार बिहान बसेको बैठकले भिजिट भिसा प्रकरणमा जोडिएका लेखकले राजीनामा नदिएसम्म अवरोध जारी राख्ने निर्णय गरेको सचिव लिलामणि पोरखेलले जानकारी दिए ।
‘छानबिनलाई सहज बनाउन गृहमन्त्रीले राजीनामा दिनुपर्ने निष्कर्ष बैठकले निकालेको छ, राजीनामा नदिएसम्म अवरोध जारी रहन्छ,’ उनले भने ।
माओवादी केन्द्र लगायत प्रतिपक्षी दलहरूले गृहमन्त्री लेखकको राजीनामा माग गर्दै संसद अवरूद्ध गर्दै आएका छन् । जेठ १५ गते भने बजेट ल्याउन सहजताको लागि प्रतिपक्षी दलहरूले संसद अवरुद्ध नगर्ने निर्णय गरेका थिए ।
बैठकमा पार्टीले सञ्चालन गरिरहेको मध्यपहाडी जागरण अभियान जारी राख्ने र वाइसीएलको महाधिवेशन बारे पनि छलफल गरेको पोखरेलले जानकारी दिए ।
बैठकमा गंगानारायण श्रेष्ठ नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकतापछि नेता कार्यकर्ता समायोजन बारे छलफल भएको श्रेष्ठले जानकारी दिए ।