

काठमाडौं ।
नेपाल नगरपालिका संघका अध्यक्ष भिमप्रसाद ढुंगानाले संघीय सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमा स्थानीय तहले पाउने समानीकरण अनुदान बापतको रकम घटाइएको भन्दै दुःख व्यक्त गरेका छन् ।
अध्यक्ष ढुंगानाले संघीयताको मुख्य जग स्थानीय तह भए पनि बजेटमा स्थानीय तहले पाउने समानीकरण बापतको अनुदान घटाउने काम भएको बताए ।
‘हामीलाई दिनुपर्ने वित्तीय समानीकरण अनुदान हो, त्यो झन् कम भएर आएको स्थिति छ’, उनले भन्छन्, ‘संघीयताको मूल जग भनेकै स्थानीय सरकार हो, यही अनुदान हरेक वर्ष काट्ने काम भयो ।’
संघीय सरकारले तीन करोड भन्दा तलका आयोजना सञ्चालन नगर्ने, विद्यार्थीको खाजा, विद्यालयलाई दिने अनुदान, खानेपानी लगायतका कार्यक्रम भने राम्रो पक्ष रहेको उनले बताए ।
