Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

एफबीआईको दाबी– इरानले डोनाल्ड ट्रम्पको अभियान ह्याक गर्यो





एजेन्सी ।
अमेरिकी गुप्तचर अधिकारीहरूले पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभियान ह्याक गर्नुको पछाडि इरानको हात रहेको आरोप लगाएका छन् ।
अमेरिकी गुप्तचर एजेन्सी एफबीआई र अन्य अनुसन्धान एजेन्सीले यस विषयमा संयुक्त वक्तव्य जारी गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘इरानले अमेरिकाको चुनावमा लोकतान्त्रिक संस्थाबीच द्वनद्व बढाउन र विश्वास घटाउन हस्तक्षेप गर्ने निर्णय गरेको थियो ।’ विज्ञप्तिमा इरानले सामाजिक इन्जिनियरिङ र अन्य प्रयासमार्फत दुवै राजनीतिक दलको राष्ट्रपति अभियानविरुद्ध यस्तो गर्ने प्रयास गरेको आरोप लगाइएको छ ।
हालै डोनाल्ड ट्रम्पको अभियानले आफ्नो आन्तरिक सञ्चार ह्याक गर्नुको पछाडि इरानी ह्याकरहरूको हात रहेको आरोप लगाएको थियो ।
तर ट्रम्पको अभियानको यो दाबीलाई इरानी अधिकारीहरूले अस्वीकार गरेका छन् ।