Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

प्रधानाध्यापक संघको प्रादेशिक भेला जनकपुरधाममा हुने





जनकपुरधाम ।
जनकपुरधाममा प्रधानाध्यापक संघ नेपाल मधेसको प्रादेशिक भेला जनकपुरधाममा हुने भएको छ । चैत १७ गते हुने प्रधानाध्यापक संघ नेपाल मधेसको प्रादेशिक भेलामा प्रदेशभरीबाट २ सय ५० बढी प्रधानाध्यापकहरुको सहभागिता रह्ने । भेलामा ८ वटै जिल्लाबाट कम्तीमा २५ जनाको दरले प्रधानाध्यापकहरुको सहभागिता रह्ने याज्ञवल्क्य संस्कृत विद्यालय जनकपुरधामका प्रधानाध्यापक संजय झाले जानकारी दिए ।
उनले भेलामा सामुदायिक विद्यालयसंग सम्वद्ध रहेका व्यक्तित्वहरुलाई सम्मानित गरिने समेत बताए । एक दिने सो भेलामा विद्यालयका कार्यालय सहयोगी, विद्यालय कर्मचारी, विभिन्न तहका शिक्षकहरु, प्रधानाध्यापकहरुलाई सम्मानित गरिने छ । यसका साथै विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारी तथा विभिन्न पालिकाका जनप्रतिनिधिहरुलाई समेत सम्मानित गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए ।
प्रधानाध्यापक संघको राष्ट्रिय भेला यही जेठ २४ तथा २५ गते गर्ने तयारी गरिएको उनले बताए ।