

सुजीतकुमार झा
जनकपुरधाम ।
वृहत्तर जनकपुर क्षेत्र विकास परिषदका निर्देशक वैद्यनाथ पासवानले फर्जी हस्ताक्षर गरेको आरोपमा वृहत्तर अध्यक्ष शीतल साहलाई जेल जानैपर्छ नेपालको कानुनले पनि त्यही भनिरहेको बताउनुभयो । उहाँले यदि शीतलले गल्ती नगरेको भए कुनै हालतमा लुक्ने थिएन समेत आरोप लगाउनुभयो ।
मोडेल खबरसँग कुरा गर्दै निर्देशक पासवानले भन्नुभयो – शीतल साह भागेर भारततिर लुकेको जस्तो लागि रहेको छ, नेपाली प्रहरीले ठाउँ–ठाउँमा उहाँको खोजी गरिरहेको छ ।
एक प्रश्नको उत्तरमा उहाँले भन्नुभयो वृहत्तरको सरकारी गाडी शीतलको छोरा चढीरहेको छ यो भन्दा पनि ठूलो कुनै बदमासी हुन सक्छ । वृहत्तर अस्तव्यस्त बनाउने एक मात्र जिम्मेवार शीतल रहेको समेत उहाँले आरोप लगाउनुभयो ।
वैद्यनाथ पासवानसँगको कुराकानी केहीबेरमा मोडेल खबरको पोडकाष्ट चैनल https://www.youtube.com/@ModelKhabar मा हेर्न एवं सुन्न सकिन्छ ।

