Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

गणतन्त्र दिवसको अवसरमा जनमतले देशव्यापी कार्यक्रम गर्ने





काठमाडौँ ।
जनमत पार्टीले गणतन्त्र दिवसको अवसरमा देशभरका वडादेखि पालिका स्तरसम्म विविध कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।
पार्टीका प्रवक्ता डा. शरद सिंह यादवद्वारा बुधबार जारी विज्ञप्तिमा यस वर्षको गणतन्त्र दिवसलाई ’नौलो गणतन्त्र निर्माणतर्फ अग्रसर हुने अवसर’का रूपमा लिनुपर्ने उल्लेख गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ’गणतन्त्र दिवस हामीले इतिहासकै एक महत्त्वपूर्ण संघर्षबाट प्राप्त गरेका अधिकार र समानताको स्मरण गर्ने दिन हो । यसले नागरिकलाई देशको साँचो मालिक बनाएको छ र सत्ता सिंहासनबाट होइन, जनताको मञ्जुरीबाट उत्पन्न हुन्छ ।’
पार्टीले गणतन्त्र दिवसको दिन देशभरिक स्थानीय तहहरूमा सहज हुने गरी शुभकामना आदानप्रदान, प्रभातफेरि, सरसफाई अभियान र मैनवत्ती प्रज्वलनजस्ता कार्यक्रमहरू सञ्चालन गर्न कार्यकर्तालाई निर्देशन दिएको छ ।