Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

एट्लेटिको मड्रिड र भियारियलले अंक बाँडे





स्पानिस ला लिगामा गएराति भएको खेलमा एट्लेटिको मड्रिड र भियारियलले २-२ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

घरेलु मैदानमा भियारियालले दुई पटक अग्रता लिए पनि कायम राख्न नसक्दा अंक बाँड्नुपरेको हो ।

खेलको १८औं मिनेटमा अर्नाउट डान्जुमाले गोल गर्दै भियारियललाई अग्रता दिलाएका थिए ।

तर दुई मिनेटमैपछि नै मार्कुस लरेन्टोले एन्टोइन ग्रिजमनको पासमा एट्लेटिकोका लागि बराबरी गोल फर्काए ।

त्यसपछि ३७औं मिनेटमा एट्लेटिकोका कोकेलेल आत्मघाती गोल गर्दा भियारियलले २-१ को अग्रता लिएको थियो । तर पहिलो हाफको इन्जुरी टाइमको पाँचौ मिनेटमा अलेजान्द्रो सोर्लोथले पाब्लो बारिसको पासमा गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए ।

त्यसपछि दोस्रो हाफमा दुवैतर्फबाट गोल हुन नसक्दा खेल २-२ को बराबरीमा सकियो र दुवै टिमले समान एक अंक पाए ।

स्पानिस ला लिगाको नयाँ सिजनको पहिलो चरणको खेल सकिएको छ । जसमा बार्सिलोना, सेल्टा भिगो, रायो भालेकानो र रियल भाल्लाडोलिड गरी चार टोलीले मात्र जित हात पारेका थिए ।