Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

यस वर्षको मनसुनमा मधेसमा २ लाखबढी व्यक्ति प्रभावित हुने पूर्वानुमान





काठमाडौं ।
सरकारले यस वर्षको मनसुन अवधिमा देशभर ४ लाख ५७ हजार १४५ घरधुरीका १९ लाख ९७ हजार ७३१ जनसंख्या प्रभावित हुने आँकलन गरेको छ । सबैभन्दा धेरै जनसंख्या लुम्बिनी प्रदेशमा र सबैभन्दा कम कर्णाली प्रदेशमा प्रभावित हुने आँकलन छ ।
जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा गरेको वर्षाको प्रक्षेपणलाई समेत आधार मानेर राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यो आँकलन गरेको हो । विभागले देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने आँकलन गरेको छ । त्यसमध्ये पनि सबैभन्दा बढी वर्षा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा हुने विभागको प्रक्षेपण छ ।
सोही प्रक्षेपणको आधारमा प्राधिकरणले लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै ५ लाख २३ हजार ६५६ जनसंख्या प्रभावित हुने आँकलन गरेको प्रवक्ता रामबहादुर केसीले बताए । उनका अनुसार लुम्बिनीमा १ लाख १९ हजार ८३० घरधुरी प्रभावित हुने अनुमान छ ।
लुम्बिनीपछि सबैभन्दा धेरै बागमती प्रदेशको जनसंख्या प्रभावित हुने अनुमान छ । बागमतीमा ३ लाख २७ हजार ३७६ जना मनसुनबाट प्रभावित हुने प्राधिकरणको अनुमान छ ।
यसैगरी गण्डकी प्रदेशमा २ लाख ८७ हजार १०७, कोशीमा २ लाख ७५ हजार ८६७, मधेशमा २ लाख २८ हजार ६८७, सुदूरपश्चिममा २ लाख २७ हजार ७३० र कर्णालीमा सबैभन्दा कम १ लाख २७ हजार ३०८ जनसंख्या मनसुन अवधिमा प्रभावित हुने अनुमान छ ।
जलवायु परिवर्तनको असरले हिमालय क्षेत्र संकटमा परिरहेका बेला यस वर्षको मनसुन अवधिमा नेपालका हिमाली जिल्लाहरूमै सरदरभन्दा बढी वर्षा र गर्मी हुने सम्भावना देखिएको छ । हिउँ पर्ने ठाउँमा वर्षा र गर्मी सरदरभन्दा बढी हुने संकेतलाई विज्ञहरूले चिन्ताजनक मानेका छन् ।