Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

कमल थापाले भने– राष्ट्रिय सहमति भए हृदयेन्द्रलाई राजा बनाउन सकिन्छ





काठमाडौं ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले राष्ट्रिय सहमति भए हृदयेन्द्र शाहलाई राजा बनाउन सकिने बताएका छन् ।
१५ जेठका लागि घोषित आन्दोलनका विषयमा सम्पादकहरूसँग भएको छलफलमा थापाले यस्तो बताएका हुन् ।
उनले भने, ‘राष्ट्रिय सहमति हुन्छ भने हृदयेन्द्र शाहलाई राजा बनाऔं । उहाँ २०/२१ वर्षको हुनुभयो ।’
उनले यदि वृद्ध राजा चाहिए त्यसमा ज्ञानेन्द्र शाह पनि राजा बन्न तयार हुनुपर्ने बताए । उनले भने, ‘अब वृद्ध राजा चाहिन्छ भन्नुहुन्छ भने त्यसमा ज्ञानेन्द्र शाह पनि तयार हुनुपर्छ । यसबारेमा सहमतिमा आउनुपर्छ ।’
उनले राजावादीहरूको वैचारिक अस्तित्व संकटमा पार्न दलहरू सक्रिय रहेको भन्दै त्यसविरुद्ध यो रियलाइजेसन महत्वपूर्ण रहेको बताए ।