Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

सुनको मूल्यमा सामान्य गिरावट





काठमाडौँ ।
सुनको मूल्य आज पनि घटेको छ । हिजो तोलामा सातसय रुपैयाँ घटेको सुनको मूल्य आज दुई सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मूल्य घटेर आज सुन प्रतितोला एक लाख ९० हजार नौसय रुपैयाँमा किनबेच भइरहेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख ९१ हजार एक सय रुपैयाँ थियो ।
गएको आइतबार भने सुनको मूल्य प्रतितोला एक हजार चारसय रुपैयाँ बढेको थियो । गएको वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो ।
त्यसैगरि आज चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँ घटेको छ । आइतबार र सोमबार प्रतितोला २ हजार ५ रुपैयाँमा स्थिर रहेको चाँदीको भाउ आज प्रतितोला एक हजार नौसय ९५ रुपैयाँमा झरेको हो ।