Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

भारतीय प्रधानमन्त्री मोदी र परराष्ट्रमन्त्री राणाबिच भेट, नेपाल भ्रमणका लागि निम्तो





जनकपुरधाम ।
भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेटवार्ता गरेकी छिन् ।
विदेशी पाहुनाहरू भेट्नका लागि तयार पारिएको हैदरावाद हाउसमा सोमबार साँझ उनीहरूबीच भेटवार्ता भएको हो । उनीहरूबीच करिब आधाघण्टा छलफल भएको थियो।
भारतीय टोलीमा विदेशमन्त्री एस जयशंकर, सुरक्षा सल्लाहकार अजित डोभाल, विदेश सचिव विक्रम मिस्री लगायतका अधिकारी थिए ।
त्यस्तै नेपालको तर्फबाट परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुंगाना, कार्यवहाक राजदूत डा. सुरेन्द्र थापा, काउन्सुलर दुर्पदा सापकोटा पनि उपस्थित थिइन् ।
भेटका क्रममा परराष्ट्रमन्त्री राणाले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणका लागि दिएको निमन्त्रणा पत्र हस्तान्तरण गरेकी थिइन् ।
नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विक्रम मिस्रीमार्फत पनि प्रधानमन्त्री ओलीले मोदीलाई निमन्त्रणा गरेको थिए ।
प्रमुख दलहरू नेपाली कांग्रेस र नेकपा एमालेबीचको सहमतिले सरकार बनेयता नेपालका तर्फबाट भारतमा यो पहिलो उच्चस्तरीय भ्रमण हो ।
परराष्ट्रमन्त्री राणाले यस अघि सोमबार नै भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेकी थिइन् । पाँच दिने भारत भ्रमणका लागि उनी आइतबार नयाँ दिल्ली गएकी थिइन् ।