Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

रास्वपाले संसदबाटै गृहमन्त्रीको राजिनामा माग्ने





काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा संसद्बाटै गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा सोमबार बसेको रास्वपा संसदीय दलको बैठकले भिजिट भिसा प्रकरणमा प्रश्न उठेपछि अनुसन्धानका लागि मार्गप्रसस्त गर्नुपर्ने भन्दै मंगलबार बस्ने संसद बैठकमा सशक्त प्रतिपक्षी रुपमा गृहमन्त्रीको राजीनामा माग गर्ने निर्णय गरेको रास्वपा कार्यबहाक प्रवक्ता मनिष झाले जानकारी दिए ।
उनले सदनमा सांसदहरुले प्रश्न सोध्न नपाइ गृहमन्त्रीले जवाफ दिने अवस्था बनाइए स्वीकार्य नहुने स्पष्ट पार्नुभयो । पहिला तथ्यका साथ आफुहरुले गृहमन्त्रीलाई प्रश्न गर्ने र त्यसपछि मात्रै जवाफ सुन्ने झाले बताए ।
उनले कांग्रेस नेता समेत रहेका गृहमन्त्रीलाई भिजिट भिसा प्रकरणमा क्लीन चीट दिने अधिकार कांग्रेस पदाधिकारीलाई नरहेको तर्क गरे ।
उनले भिजिट भिसा प्रकरणमा अनुसन्धानका लागि कांग्रेसले सहजीकरण गर्नुपर्ने बताए । यसअघि आफ्ना नेतामाथि प्रश्न उठ्दा कांग्रसले २२ पटक सदन अवरोध गरेको विषय पनि सदनमार्फत स्मरण गराइने उनले बताए । उनले अरु दल भन्दा सुदृढ संसदीय अभ्यास गरेर देखाउने धारणा राखे ।