Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

तत्कालिन सभामुख कृष्णबहादुर महरा प्रकरणमा जोडिएकी रोशनी मृत फेला





काठमाडौँ ।
तत्कालीन सभामुख कृष्ण बहादुर महरालाई बलात्कार आरोप लगाउँदै कारागारसम्म पु¥याउने रोशनी शाही मृत फेला परेकी छन् । उनी आइतबार भक्तपुरमा मृत फेला परेकी हुन् ।
सूर्यविनायक नगरपालिका बालकोटस्थित वृहस्पति मार्गमा डेरा गरी बस्ने उनी कोठाभित्रै मृत फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डिराज नेउपानेले जानकारी दिए ।
तत्कालीन सभामुख महरामाथि लागेको बलात्कार आरोपले नेपाली राजनीतिक वृत्तमा व्यापक हलचल ल्याएको थियो । २०७६ असोजमा संसद सचिवालयमा कार्यरत रोशनीले आफूमाथि बलात्कार प्रयास गरेको आरोप लगाएकी थिइन् ।
महराले मादक पदार्थ सेवन गरेर आफू बसोबास गरिरहेको कोठामा आएर जबरजस्ती गर्न खोजेको उनको आरोप थियो । घटना सार्वजनिक भएपछि उनले सभामुख पदबाट राजीनामा दिनुपरेको थियो भने लगत्तै पक्राउ परेका थिए ।
कानुनी प्रक्रियाअनुसार मुद्दा काठमाडौं जिल्ला अदालतमा पुग्यो । तर, अदालती बयानक्रममा पीडितले आफ्नो प्रारम्भिक आरोप फेरेकी थिइन् भने जसका कारण मुद्दाको प्रवाहलाई निर्णायक मोडमा पु¥यायो ।
अन्ततः २०७६ फागुनमा जिल्ला अदालत काठमाडौंले कृष्णबहादुर महरालाई सफाइ दिँदै रिहा गरेको थियो ।