Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

राष्ट्रिय मुक्ति पार्टीद्वारा ५९ सदस्यीय राजनीतिक समिति गठन





काठमाडौँ ।
राष्ट्रिय मुक्ति पार्टी नेपालले ५९ सदस्यीय राजनीति समिति गठन गरेको छ । गत माघमा सो पार्टी निर्वाचन आयोगमा दर्ता भएका थियो । चार महिनापछि राजनीति समिति गठन गरिएको हो ।
गत फागुन १२ र १३ गते बसेको केन्द्रीय समितिको बैठकले विभिन्न समिति गठन गर्ने निर्णय गरेअनुसार नै यो राजनीतिक समिति गठन गरिएको सो पार्टीका नेता सन्तोष मेहताले बताए ।
पार्टीको अन्तरिम विधान अनुसार पार्टीको समसामयिक विषयमा महत्त्वपूर्ण नीतिगत निर्णय गर्न अधिकतम १५१ सदस्यीय राजनीतिक समिति हुनेछ । यो समितिमा केन्द्रीय कार्यसमितिका सबै पदाधिकारीहरू यस समितिमा रहनेछन् । त्यस्तै केन्द्रीय कार्यसमितिका सबै पदाधिकारीहरू यस समितिमा रहनेछन् ।
केन्द्रीय सल्लाहकार समिति, विज्ञ समिति, अनुशासन समिति, निर्वाचन समिति र लेखा परीक्षण समितिका प्रमुखहरू राजनीतिक समितिको पदेन सदस्य हुने विधानमा भनिएको छ ।
केन्द्रीय कार्य समिति नबसेमा वा बस्न नसकेको अवस्थामा केन्द्रीय कार्यसमितिका अधिकार यस समितिले लिने प्रावधान विधानमा उल्लेख छ । राजनीतिक समितिको बैठक कम्तीमा पाँच महिनामा एक पटक बस्नुपर्ने हुन्छ ।
राजनीतिक समितिमा पार्टीका राजेन्द्र महतो अध्यक्ष रहेका छन् भने सदस्यहरूमा बुद्ध छिरिङ मोक्तान, रामनरेश राय यादव, कमला गुरुङ, सुमन सायमी, ओमप्रकाश गुल्जारी यादव, चन्द्रकान्त चौधरी, शैलकुमारी महतो, इस्लाम हवारी, विश्वनाथ सिंह, राजीव झा, कौशलकुमार सिंह, केशव झा, रमण पाण्डे, सन्तोष मेहता, रामकिशोर सिंह, अनिल महासेठलगायतका छन् ।