Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मधेसमा डुबेर मृत्यु हुनेको संख्या बढ्दै, ३ वर्षमा ५ सय ४२ जनाले गुमाए ज्यान





जनकपुरधाम ।
मधेशमा डुबेर मृत्यु हुनेको संख्या प्रत्येक वर्ष बढ्दै गईरहेको पाइएको छ । मधेस प्रदेश प्रहरी कार्यालयको गत १० महिनाको तथ्यांक हेर्दा हरेक महिना औसत ११ जना बालबालिकाको डुबेर मृत्यु हुने गरेको छ । चालु आवको जेठ ६ सम्म मधेश प्रदेशका ८ जिल्लामा डुबेर २ सय २ जनाले ज्यान गुमाएका छन् ।
प्रदेश प्रहरी कार्यालयका अनुसार यस अवधिमा पानीका दह वा खाल्डोमा डुबेर सर्लाहीमा ३७ जनाको मृत्यु भयो । जसमा १५ जना बालबालिका छन् । सप्तरीमा डुबेर मृत्यु भएका २९ जनामा १५ जना बालबालिका छन् । महोत्तरीमा डुबेर २७ जनाको मृत्यु भएकामा २१ जना बालबालिका छन् ।
पर्सामा मृत्यु हुने १८ मध्ये ९, बारामा मृत्यु हुने १० मध्ये ६, सिरहामा मृत्यु हुने १२ मध्ये ९ जना बालबालिकाको यही अवधिमा अनाहकमा ज्यान गयो । धनुषामा ३९ मध्ये २३ जना बालबालिका र रौतहटमा ३० मध्ये १८ जना बालबालिकाको डुबेर मृत्यु भयो ।
प्रहरीका अनुसार पछिल्लो ३ वर्षमा मधेशमा डुबेर ५ सय ४२ जनाको मृत्यु भएको देखिन्छ । जसमा बालबालिकाको संख्या मात्रै ३ सय २१ जना छ । अर्थात् डुबेर हुने मृत्युमा बालबालिकाको हिस्सा ५९ प्रतिशत छ ।
२०७९÷०८० मा १५५ जनाको डुबेर मृत्यु भयो । ०८०÷०८१ मा यो दरमा १९ प्रतिशतभन्दा धेरैले वृद्धि भएर १८५ पुग्यो । ०८१÷०८२ को १० महिनामा भने यो दर अघिल्लो वर्षभन्दा ९ प्रतिशतभन्दा धेरैले बढेर २०२ पुग्यो ।