Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

सर्वोच्चले पनि रविलाई रिहा नगरेपछि रास्वपाले बोलायो सचिवालय र केन्द्रीय समिति बैठक





काठमाडौँ ।
रुपन्देहीको सुप्रिम सहकारी ठगी मुद्दामा कारागारमा रहेका आफ्ना सभापति रवि लामिछानेलाई सर्वोच्च अदालतले पनि छाड्न नमिल्ने आदेश दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज एकै दिन सचिवालय र केन्द्रीय समितिका बैठक राख्ने भएको छ ।
रविले दिएको बन्दी प्रत्यक्षीकरण निवेदनमा सुनुवाइ गर्दै सर्वोच्चले शुक्रबार राति थुनामै राख्नुपर्ने उच्च अदालतकै आदेश सदर गरेलगत्तै आकस्मिक रूपमा बसेको रास्वपाको भर्चुअल सचिवालय बैठकले आज पुनः भर्चुअल रूपमै सचिवालय र केन्द्रीय समितिका बैठक राख्ने निर्णय गरेको हो ।
रास्वपाका अनुसार आज दिउँसो ३ बजे पार्टी सचिवालयको भर्चुअल बैठक र आजै अपराह्न ४ बजे केन्द्रीय समितिको भर्चुअल बैठक राखिने भएका हुन् ।
यसपछि जेठ ११ गते आइतबार दिउँसो २ बजे भने पार्टी कार्यालयमा केन्द्रीय समितिको बैठक बस्ने निर्णय गरिएको जानकारी रास्वपा सचिवालयले दिएको छ ।
सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रवि लामिछानेलाई थुनामुक्त गर्न अस्वीकार गरेको हो। उनका व्यावसायिक साझेदार छविलाल बन्जाडेलाई पनि थुनामै राख्ने गरी मातहत अदालतको आदेश सर्वोच्चले सदर गरेको छ ।