Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

सप्तरीस्थित नेपाल बैंकमा चोरी, चोरले सुरक्षा गार्डको हतियार पनि लगे





सप्तरी ।
सप्तरीको खडक नगरपालिका ७ कल्याणपुरमा रहेको नेपाल बैंकमा चोरी भएको छ । गएराति १२ः२० बजेदेखि बिहान ३ बजेको बिचमा चोरी भएको सप्तरी प्रहरी प्रवक्ता डीएसपी ज्ञानेन्द्र कुमार बस्नेतले बताए ।
बैंकका सुरक्षा गार्ड शम्भुनाथ नगरपालिका ७ भगाहाका ३९ वर्षीय प्रमोद चौधरी र कन्चनरुप नगरपालिका ५ का ४४ वर्षीय पर्शुराम चौधरी सोही बैंकको गार्ड सुत्ने कोठामा सुति रहेको बेला चोरी भएको बस्नेतले जानकारी दिएका छन् ।
गार्डकै कोठाको दराजमा रहेको एक नाले १२ बोरको बन्दुक, यसको २० राउण्ड गोलि, २ वटामोवाइल र डिजिटल तराजु र एउटा झोला समेत चोरी भएको छ । पछि थाहा पाएर सुरक्षा गार्डले नै साढे ३ बजे इलाका प्रहरी कार्यालयमा जानकारी गराएका थिए ।
सो क्रममा रकम भने चोरी नभएको डीएसपी बस्नेतले जानकारी दिए । उनका अनुसार पक्राउ परेका व्यक्तिले आफूलाई अर्कै व्यक्तिले गार्डको हतियार चोरेर ल्याउन लगाएको प्रारम्भिक सोधपुछका क्रममा बताएका छन् । त्यसका लागि पैसा दिने आश्वासन समेत पाएको ती व्यक्तिको भनाइ उल्लेख गर्दै प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली तत्काल खटिएको थियो ।
यस्तै प्रहरी सञ्चार सेटबाट चोरी भएका घटना विवरणका टिपोर्ट जिल्ला प्रहरी कार्यालय सप्तरी, सिराहा लगायतका जिल्लामा पनि सर्कुलर गरिएको थियो । चोरीमा संलग्न व्यक्तिको सीसीटीभी फुटेज पनि प्रहरीले पठाएको थियो ।
चोरीमा संलग्न रहेको आशंकामा सिरहाको लहान नगरपालिका ३ हस्पिटल चोक नजिकबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
३ः४५ बजे इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा खडक नगरपालिका ६ बिरपुर बस्ने २० वर्षका अपसाद अंसारीलाई पक्राउ गरेको थियो ।
उनको साथबाट प्रहरीले विभिन्न सामान पनि बरामद गरेको बस्नेतले बताए । उनलाई इलाका प्रहरी कार्यालय लहानमा राखिएको थियो । अहिले उनलाई बरामद सामानसहित कल्याणपुर लगिएको छ ।
उनको साथबाट चोरी भएका हतियार र गोलि पनि बरामद गरेको छ । कम्प्युटर स्क्यानर २ थान, ल्यापटप २ थान, खुकुरी २ थान, घडी २ थान, मोबाइल ५ थान, डिजिटल तराजु पनि बरामद भएको छ । उनले चोरेको हतियार भने बैंकबाट ५ सय मिटर पश्चिमतिर झाडीमा लुकाएको अवस्थामा बरामद भएको छ ।
अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालउय सप्तरीबाट प्रहरी नायब उपरीक्षकको कमाण्डमा थप टोली खटाइएको छ ।