Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

रवि र छविलाई थुनामै राख्ने नराख्ने विषयमा आज आदेश आउने





काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामै राख्ने कि छोड्ने विषयमा आज टुंगो लाग्ने भएको छ ।
न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले तीन दिनको सुनुवाइपछि आज आदेश गर्ने तयारी गरेको हो । हेर्दाहेर्दैमा रहेको रवि र छविको निवेदनमा आज जाहेरवालाका तर्फबाट सुरुमा बहस हुनेछ । त्यसपछि रवि र छविका वकिलले जवाफी बहस गर्नेछन् र आदेश आजै सुनुवाउने इजलासको तयारी छ ।
यसअघि मंगलबार रविका कानुन व्यवसायीले बहस गरेका थिए । उनीहरुको बहस बिहीबार पनि भएको थियो । बिहीबार रविका तर्फबाट बहस सकिएपछि छविका वकिलले बहस गरेका थिए । छविका वकिलको बहस सकिएपछि सरकारी वकिलले पनि बहस गरिसकेका छन् ।
जाहेरवालाका तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र सुरेन्द्र भण्डारीले बहस गर्ने तयारी छ । त्यसपछि रविका तर्फबाट वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्तले जवाफी बहस गर्ने तयारी गरेका छन् ।
बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा जिल्ला अदालत रुपन्देहीले छविलाई थुनामा पठाउने र रविलाई एक करोड धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । त्यसविरुद्ध दुवै पक्ष उच्च अदालत पुगे । उच्च अदालत बुटवलले रविलाई थुनामा पठाउने आदेश गर्दा छविको हकमा जिल्लाकै आदेश सदर गरेको थियो ।
त्यसपछि रुपन्देही कारागारमा रहेका दुवै जनालाई थुनाबाहिरै रहेर मुद्दा लड्न पाउनु पर्ने माग गर्दै छुट्टा छुट्टै निवेदन दिएका थिए । त्यसको आज टुंगो लाग्ने भएको हो ।