

जनकपुरधाम ।
नेकपा एमाले धनुषा जिल्ला कमिटीको ८औँ अधिवेशन अन्तर्गत सम्पन्न निर्वाचनमा भोला यादव नेतृत्वको समूहले प्यानलसहित शानदार जीत हासिल गरेको छ।
अध्यक्ष पदका लागि भएको प्रतिस्पर्धामा भोला यादवले ४०२ मत प्राप्त गर्दै विजय सुनिश्चित गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी लक्ष्मीनारायण यादवले २०० मत प्राप्त गरे । भोला यादव समूहलाई एमाले नेता रघुवीर महासेठ र जुली महासेठको समर्थन रहेको थियो ।
उपाध्यक्ष पदमा तेजनारायण यादव विजयी भएका छन्। उनले ४३० मत ल्याउँदै जयप्रकाश सुनरैतलाई २७० मतको फराकिलो अन्तरले पछि पारे। सुनरैतले १६० मत प्राप्त गरेका छन् । सचिव पदमा दीपनारायण ठाकुरले ३६५ मत ल्याउँदै प्रतिद्वन्द्वी धिरेन्द्र मण्डलमाथि १४० मतको अन्तरले हराएका हुन । मण्डलले २२५ मत प्राप्त गरेका छन्।
उपसचिव पदमा सबिन विक्रम थापा विजयी भएका छन्। उनले हरिकिशोर यादवमाथि १८५ मतको अग्रता बनाउँदै पद हात पारेका छन् ।
महिला उपसचिवतर्फ रुका कुमारी मिश्रले ३९१ मतसहित विजयी हुँदै किरण कापरलाई पछि पारिन्। कापरले १८४ मत प्राप्त गरेकी छन् ।
लेखा समितिको संयोजक पदमा वीरेन्द्रलाल कर्ण विजयी भएका छन्। उनले १५८ मतको अन्तरले प्रतिद्वन्द्वीलाई पराजित गरेको निर्वाचन समितिले जनाएको छ । निर्वाचन शान्तिपूर्ण तर प्रतिस्पर्धात्मक वातावरणमा सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ ।
