Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

डिभिजन वन कार्यालय कञ्चनपुरका डिएफओ राम विचारी ठाकुरमाथि कालोमोसो





धनगढी ।

डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख वन अधिकृत राम विचारी ठाकुरमाथि मोसो छ्यापिएको छ ।

डिभिजन वन अधिकृत ठाकुरमाथि बिहीबार कालो मसो छ्यापिएको हो । उक्त भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहराले वन अधिकृत ठाकुरमाथि कालोमसो दलेर दुव्र्यवहार भएको बताउँदै संलग्नहरूको खोजी भइरहेको बताए ।
प्रहरीका अनुसार ठाकुरमाथि उनको कार्यकक्षमा कालोमसो छ्यापिएको हो ।

धर्मेन्द्र बस्तोला नेतृत्वको नेकपा बहुमतनिकट कम्युनिस्ट युवा संगठन नेपालको फेसबुक पेजमार्फत सार्वजनिक भएको देखिन्छ ।

प्रहरीले नेकपा बहुमत निकटकै कार्यकर्ता भएको आशंका गरेको छ ।

कार्यालय प्रमुखलाई कालोमोसो दल्ने कार्यमा बृद्धि भएको छ । यसअघि जनकपुरधामको रामस्वरुप रामसागर बहुमुखी क्याम्पसका प्रमुख प्रा. डा. बसन्तकुमार कर्णलाई क्याम्पस प्रागंणमै कालोमोसो दलिएको थियो ।