Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

पाकिस्तानको बलुचिस्तानमा स्कुल बसमा आक्रमण, ३ बालबालिकासहित ५को मृत्यु





एजेन्सी ।
पाकिस्तानको बलुचिस्तानको खुजदार जिल्लामा बुधबार बिहान स्कुल बसमा आक्रमण भएको छ । जसमा परी तीन बालबालिकासहित पाँच जनाको मृत्यु भएको छ भने दुई दर्जनभन्दा बढी घाइते भएका छन् ।
खुजदारका उपायुक्त यासिर इकबाल दस्तीका अनुसार बिहान सबेरै खुजदार सहरको जिरो पोइन्टमा बालबालिका बोकेको बसमा विस्फोट भएको हो । घटनामा ५ जनाको मृत्यु भएको छ भने घाइतेहरूलाई अस्पताल पठाइएको छ ।
खुजदार प्रहरी चौकीका अनुसार विस्फोटबाट बस पूर्ण रूपमा ध्वस्त भएको छ भने नजिकै पार्किङ गरिएको सानो कारमा पनि क्षति पुगेको छ । विस्फोटक पदार्थ रिमोट कन्ट्रोलबाट विस्फोट गराइएको हो वा आत्मघाती आक्रमणकारीले गरेको हो भन्ने कुरा अझै प्रस्ट भइसकेको छैन ।
प्रहरी अधिकारीहरूका अनुसार बसमा करिब ४० जना बालबालिका यात्रा गरिरहेका थिए । आक्रमणको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन । तर घटनालाई बलुच अतिवादीहरूसँग जोडिएको बीबीसीले जनाएको छ । पाकिस्तानका गृहमन्त्री मोहसिन नकवीले आक्रमणको कडा निन्दा गर्दै समवेदना व्यक्त गरेका छन् ।