

एजेन्सी ।
इन्डियन प्रिमियर लिग (आईपीएल ) मा लिग चरणका ६२ खेल सकिएका छन् । हालसम्म ५ टोली नकआउट दौडबाट बाहिरिसकेका छन् भने ३ टोली प्लेअफमा पुगेका छन् । मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्स शीर्ष–४ मा अन्तिम स्थानको लागि दाबेदार हुन् ।
आज मुम्बई इन्डियन्स (एमआई)ले दिल्ली क्यापिटल्स (डीसी)को सामना गर्नेछ । खेल मुम्बईको वानखेडे स्टेडियममा भारतीय समयानुसार साँझ ७ः३० बजे शुरू हुनेछ । दुवै टोली सिजनमा दोस्रो पटक भिड्दैछन् । अन्तिम खेलमा मुम्बईले दिल्लीलाई १२ रनले पराजित गरेको थियो ।
आजको खेल जितेमा मुम्बईले प्लेअफमा आफ्नो स्थान सुरक्षित गर्नेछ । यदि हा¥यो भने पञ्जाब विरुद्धको अन्तिम खेल जित्नु पर्नेछ र दिल्लीले अन्तिम खेल हारोस् भनेर प्रार्थना पनि गर्नुपर्नेछ ।
दिल्लीले भने अब दुवै खेल जित्नुपर्नेछ । दिल्ली क्यापिटल्सले १२ खेलमा ६ जित र एक बराबरीबाट १३ अंक जोडेको छ । टोली पाँचौं नम्बरमा छ । आजको खेल जितेर दिल्ली चौथो स्थानमा पुग्नेछ र प्लेअफमा पुग्ने आफ्नो आशा जीवित राख्नेछ ।
यदि दिल्लीले अन्तिम खेलमा पञ्जाबलाई हरायो भने टोली प्लेअफमा पनि पुग्नेछ । यदि आज हा¥यो भने यो दौडबाट बाहिरिनेछ ।
