Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

जानकी आवासीय माध्यमिक विद्यालयमा राखीको प्रदर्शनी (फोटो फिचर)





जनकपुरधाम ।
रक्षाबन्धनको पूर्व संध्यामा जनकपुरधामको एक निजि विद्यालयमा राखीको प्रदर्शन गरिएको छ । जानकी आवासीय माध्यमिक विद्यालयका छात्र–छात्राले विद्यालयमै राखी बनाइ प्रदर्शन गरेका छन् ।
दर्जनो विद्यार्थीले राखी बनाइरहेको दृश्य हेर्ने लायक रहेको थियो । राखीका लागि प्रयोगहरु सामाग्रीहरु विद्यार्थीहरु आ–आफना घरबाटै ल्याएक थिए । विद्यालयका शिक्षिकाहरुले राखी बनाउने प्रशिक्षण पनि दिएका थिए । विद्यार्थीहरुले यसप्रकारको कार्यक्रमबाट ज्ञान र मनोरञ्जन दूबै भेटाएको बताए ।यस कार्यक्रमको लागि आफू एकसाता भन्दा बढी समय देखि तयारी गर्दै आएको ६ कक्षामा अध्ययनरत कृति झाले बताइन् । ८ कक्षामा पढने अर्का छात्रा मुस्कान यादवले आफूले बनाएको राखीलाई लिएर भाइलाई बाँध्ने जानकारी दिइन । छात्र अंकुश कर्णले यहाँबाट आफूपनि राखी घर लगेर सोमबार बहिनीसंग बन्हाउने बताए । कर्णले विद्यालयमा राखी बनाएका छन् ।

प्रत्येक वर्ष यस प्रकारको कार्यक्रम आफूहरुले गर्ने गरेको विद्यालयका प्रिन्सिपल प्रमोद अग्रवालले बताए ।