Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

एमालेको ७६ जिल्लामा अधिवेशन सम्पन्न, धनुषाको विवाद अझै सल्टिएन, जेठ ७ गते मतदान गराउन निर्देशन

१३ जनसंगठनको अधिवेशनको तयारी





काठमाडौँ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले एक जिल्ला र १३ वटा जनसङ्गठनको अधिवेशन गर्न बाँकी रहेको छ ।
एमालेले निर्धारित समयभन्दा ढिलो भइसकेकाले धनुषा जिल्ला र अन्य १३ जनसङ्गठनको अधिवेशन यही महिनाभित्र सक्ने पार्टीको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले जानकारी दिए ।
विसं २०८१ जेठभित्र सबै जिल्लाको अधिवेशन सम्पन्न गर्नुपर्ने भनेता पनि अझै धनुषाको अधिवेशन सम्पन्न हुन बाँकी छ । धनुषाको अधिवेशन गत वैशाख २० देखि २३ गते सुरु भए पनि विवादका कारणले रोकिएको छ ।
आयोगका अध्यक्ष सुब्बाका अनुसार धनुषाको अधिवेशन यही जेठ ७ गते तोकिएको छ । ‘पार्टी नेतृत्वबाट यही जेठ ७ गते धनुषामा मतदानबाट अधिवेशन सम्पन्न गर्न निर्देश आएको छ’, उनले भने, ‘हामी ७ गतेबाट निर्वाचन प्रक्रिया सुरु गर्छौं ।’
यस्तै एमालेले गत चैत मसान्तसम्म जनसङ्गठनको महाधिवेशन सम्पन्न गर्ने निर्देशन दिए पनि नौ वटा मात्र जनसङ्गठनको महाधिवेशन सम्पन्न भएका छन् ।
आयोग अध्यक्ष डा सुब्बाका अनुसार अनेरास्ववियु, राष्ट्रिय युवा सङ्घ, अखिल नेपाल महिला सङ्घ, नेपाल किसान महासङ्घ, नेपाल खेलकुद महासङ्घ, राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ लगायतको महाधिवेशन गर्न बाँकी रहेको छ ।
उनले ति जनसङ्गठनको महाधिवेशन यही जेठभित्र सम्पन्न गर्ने गरि कार्यतालिका प्रकाशन गरिसकेका छन् । एमालेका २२ जनसङ्गठन रहेका छन् ।