Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

एक करोडबढी डाउनलोड हुने नेपालको पहिलो डिजिटल वालेट बन्यो ईसेवा





काठमाडौं ।
नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी ईसेवा गुगल प्ले स्टोरमा एक करोडभन्दा बढी पटक डाउनलोड भएको छ । कम्पनीले यो उपलब्धि हासिल गर्ने नेपालको पहिलो डिजिटल वालेट ईसेवा भएको दाबी गरेको छ । ईसेवाले एक करोड डाउनलोडलाई ‘खुसीका एक करोड पलहरू’ भनेर मनाएको छ ।
ईसेवाले सन् २००९ मा बेटा भर्जन सार्वजनिक गर्दै सन् २०१० जनवरी २५ देखि सेवा सुरु गरेको थियो । कम्पनीले यस अवधिमा नगदरहित (क्यासलेस) अर्थतन्त्र निर्माणको बाटोमा महत्वपूर्ण योगदान पु¥याएको छ ।
ईसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट बस्तीमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यममार्फत सहजता प्रदान गरिरहेको बताएको छ । हाल नेपालको ७७ वटै जिल्लामा पहुँच भएको ईसेवासँग एक करोडभन्दा बढी दर्ता भएका ग्राहक, दुई लाख ५० हजारभन्दा बढी एजेन्ट, ४९ बैंक, ४५ लघुवित्त र तीन लाख ५० हजारभन्दा बढी मर्चेन्ट आबद्ध रहेको कम्पनीले जनाएको छ ।