Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

साफ यु–२० च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात





काठमाडौँ ।
घरेलु मैदानमा सुरु भएकोे साफ यू–२० च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा आइतबार भएको उद्घाटन खेलमा नेपालले श्रीलंकालाई १–० गोल अन्तरले पराजित गर्दै च्याम्पियनसिपमा विजयी सुरुवात गरेको हो । पहिलो हाफमा निराजन धामीले गरेको गोल नै नेपालका लागि निर्णायक बन्यो ।
खेलको २४ औँ मिनेटमा निराजन धामीको गोलमा नेपाली युवा टोलीले सुरुवाती अग्रता बनाएको हो । श्रीलंकाका गोलरक्षकसहित ७ खेलाडीलाई विट गर्दै गरेको निराजनको शसक्त प्रहारले पोष्टको जाली चुमेको थियो ।
त्यसपछि खेलमा थप गोल हुन नसक्दा नेपालले जित हात पारेको हो । खेलको दोस्रो हाफमा नेपालले अग्रता बनाउने मौका पाएपनि त्यसलाई सदुपयोग गर्न नसक्दा अग्रता फराकिलो पार्ने मौका गुमायो ।
जितसँगै नेपालले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । समूह चरणको दोस्रो खेलमा नेपालले बिहीबार बंगलादेशविरुद्ध खेल्ने तालिका छ ।
लिगमा सोमबार समूह बी को पहिलो खेलमा भारत र भुटान खेल्नेछन् । सो खेल यही मैदानमा दिउँसो ३ बजे हुनेछ ।
च्याम्पियनसिपमा नेपालसहित ६ राष्ट्र सहभागी छन् । सहभागी ६ राष्ट्रलाई २ समूहमा विभाजन गरिएको छ । नेपाल रहेको समूह ए मा बंगलादेश र श्रीलंका छन् । समूह बी मा भारत, मालदिभ्स र भुटान छन् । समुहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।