Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

त्रिविले थेसिस बुझाउन बाँकी विद्यार्थीलाई दियो अन्तिम मौका





काठमाडौँ ।
त्रिभुवन विश्वविद्यालयले शोधपत्र (थेसिस) बुझाउन बाँकी विद्यार्थीलाई शोधपत्र बुझाउन अन्तिम मौका दिएको छ ।
त्रिवि अन्तर्गतका विभिन्न अध्ययन संस्थान तथा सङ्कायहरूमा सञ्चालित स्नातकोत्तर तहका वार्षिक एवं सेमेस्टर प्रणाली अन्तर्गतका कार्यक्रममा अध्ययन पूरा गरी परीक्षासमेत उत्तीर्ण गरिसकेका तर शोधपत्र बुझाउन बाँकी रहेका विद्यार्थीलाई अन्तिम मौका दिइएको त्रिविले जनाएको छ ।
त्रिविले सूचना जारी गरेर परीक्षा उत्तीर्ण गरेका विद्यार्थीलाई २०८२ पौष महिना भित्र र त्रिवि परीक्षा नियन्त्रण कार्यालयबाट २०८२ सालमा सञ्चालन हुने मौका परीक्षामा सहभागी हुने विद्यार्थीको हकमा मौका परीक्षा सम्पन्न भएको अन्तिम मितिले ३ महिना भित्र (थेसिस) बुझाउन सक्ने गरी अन्तिम एक पटकका लागि अवसर उपलब्ध गराइएको जनाएको हो ।
त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको गत वैशाख २९ गते बसेको बैठकले गरेको निर्णयको आधारमा मानविकी तथा सामाजिक शास्त्र संकायका लागि यस्तो परिपत्र जारी गरिएको छ ।