Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

भिन्डीका फाइदै फाइदा





हामीले खानपानमा ध्यान दिन सक्यौ भने धेरै रोगलाई नियन्त्रण गर्न सक्छौ भने स्वास्थ्यलाई पनि राम्रो बनाउन यसले सहयोग पु-याउनछ । हामीले भान्सामा प्रयोग गर्ने तरकारी, फलफुल लगायतमा विशेष ध्यान दिन सकेको खण्डमा केही रोग र जीवनशैलीलाई केही सहज बनाउन सक्छौं ।

रमझिमनीको नाउँले जनकपुरधाम तिर चिनिने  फाइवर र लेसा युक्त तरकारी नेपालीको भान्सामा धेरै पाक्ने सव्जी भित्र पर्छ । यसले पाचन प्रकृयालाई बलियो बनाउँछ ।

भिन्डीमा भिटामिन–के र फोलेट्स पाइन्छन, जसले रगत जम्नबाट जोगाउँछ ।

भिन्डीले मात्र होइन यसको फूल र पातले समेत फाइदा पु-याउँछ । श्वासप्रश्वाससम्बन्धी रोग निको पार्न यसको प्रयोग गरिन्छ । भिन्डीको फूल र पातलाई ब्रोङ्काइटिस र निमोनियाको उपचार गर्ने गरी प्रयोग गर्न सकिन्छ ।

गर्भवती महिलाले भिन्डी खाँदा निकै फाइदा पुग्छ । किनकी यसले भ्रुणको दिमागको विकास राम्रो हुन्छ । साथै, भिन्डी खाँदा गर्भ तुहिने जोखिम पनि घट्छ ।

क्यान्सरको जोखिम हटाउन पनि भिन्डी खानु फाइदाजनक हुन्छ । भिन्डी खाइरहने गर्दा आन्द्रा, कोलोन–रेक्टल क्यान्सर लाग्ने सम्भावना कम हुन्छ ।

भिन्डी खानाले शरीरमा सुगरको मात्रा नियन्त्रित अवस्थामा रहन्छ । मधुमेहका रोगीलाई यो लाभदायक हुन्छ ।

भिन्डीमा सोल्युबल फाइबर पेक्टिन पाइन्छ, जसले शरीरमा खराब खालका कोलेस्टेरोलको मात्रालाई कम गरिदिन्छ ।

भिन्डीमा क्यालोरी कम पाइन्छ, जसले गर्दा यो मोटा मानिसका लागि यसको प्रयोग फाइदाजनक हुन्छ ।

छालालाई स्वस्थ्य राख्न भिन्डीमा पाइने भिटामिन–सीलगायतको महत्वपूर्ण भूमिका हुन्छ । यसले छालामा जम्मा भएका विकारलााई पखाली छालालाई स्वस्थ राख्छसहयोग गर्छ ।

आखाको ज्यातिका लागि भिन्डीको प्रयोग राम्रो हुन्छ ।

भिन्डीमा पाइने आइरन, भिटामिन–के आदि तत्वले रक्तअल्पता हुनबाट जोगाउँछ ।

रगतमा हेमोग्लोबिनको मात्रा कम छ र रेड ब्लड सेल आवश्यक मात्रामा छैन भने भिन्डी खाइरहने गर्नुपर्छ ।

अल्सरको असरलाई कम गर्न भिन्डीले मदत गर्छ । किनकी भिन्डीमा क्षार तत्व रहेको हुन्छ ।

भिन्डीमा पाइने भिटामिन–सीलगायत तत्वले दमको असर कम गर्न मद्दत गर्छ ।