

सुजीतकुमार झा
जनकपुरधाम ।
याज्ञवल्क्य संस्कृत मावि ज्ञानकूप जनकपुरधामका प्रधानाध्यापक संजयकुमार झाले विद्यार्थीलाई अगाडी राखेर आफू योजना ल्याउने गरेको बताउनुभयो । विद्यार्थी पढन चाहन्छन्, अतिरिक्त क्रियाकलाप भएको कार्यक्रममा सहभागि हुन चाहन्छ त्यो माहौल आफूले दिदै आएको समेत बताउनुभयो ।
चर्चा शैक्षिक हबकेँ मा कुरा गर्दै प्रधानाध्यापक झाले आफू प्रधानाध्यापक बन्दा ज्ञानकूपमा ९० जना विद्यार्थी मात्रै थिए तर अहिले करिब ३ हजार विद्यार्थी पुगी सकेको छ यो संख्या बढाउनुमा मेरो योजनाका साथै शिक्षक कर्मचारीको टीम पनि प्रभावकारी रुपले कार्य गरेको बताउनु भयो । ‘हामीसँग दक्ष शिक्षकको सबैभन्दा राम्रो टीम छ, यसकारण एसइइ सहित विभिन्न परीक्षामा राम्रो रिजल्ट आउने गरेको छ,’ उहाँले बताउनुभयो ।

राम्रो काम गर्नेलाई समाजले सधै आशीर्वाद दिने गरेको समेत उहाँले बताउनु भयो । संजय १७ वर्ष भन्दा बढी समयदेखि सो विद्यालयमा प्रधानाध्यापक रहेका छन् । उहाँसँगको लामो कुराकानी मोडेल खबरको पोडकाष्ट चैनल https://www.youtube.com/@ModelKhabar मा केहीबेरमा हेर्न एवं सुन्न सकिन्छ ।

