Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

आइपीएलका बाँकी खेल कहिले हुने विषयमा संशय कायमै





एजेन्सी ।
सीमामा भारत र पाकिस्तानको द्वन्द्वका कारण इन्डियन प्रिमियर लिग (आईपीएल) एक साताका लागि स्थगित भएको छ । संसारको सबै भन्दा ठुला र आर्थिक क्षेत्रमा समेत प्रभाव पार्ने यो फ्रेन्चाइज लिग स्थगन भएपछि यसले धेरै प्रश्न उब्जिएको छ । फ्रेन्चाइजका कुल ७० मध्ये ५८ खेल सम्पन्न भएका छन् भने १२ खेल बाँकी छन् । संयोगवश यो निर्णय भएको एक दिनपछि नै अमेरिकी मध्यस्थतामा नै भारत र पाकिस्तानबीचयुद्ध विराम भएको छ ।
एक सातापछि सुचारु हुन्छ या फेरि अर्को निर्णय हुन्छ भन्ने नै पहिलो प्रसङ्ग थियो । यो युद्ध विरामसँगै अर्को साता सुचारु हुने सम्भावना नै प्रबल छ। तथापि धेरै प्रश्न अझै कायम छन् । भारत पाकिस्तान संकटले धेरै विदेशी खेलाडी फर्कने सम्भावना देखिएको थियो । सायद, यो अहिले रोकिने छ । आईपीएलको सबैभन्दा निराशाजनक सम्भावना सायद यस युद्ध विरामले टारेको छ ।
त्यसो त अर्को सातासम्म सीमाको अवस्था सामान्य बन्ने निश्चित भएको छ । १२ मे मा भारत र पाकिस्तानका अधिकारीबीच हुने वार्ताले अझ धेरै कुरा टुङ्गाउन सक्छ । शुक्रबार भने सबै स्टेक होल्डरसँग सल्लाह गरेर भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) एक साता स्थगनको निर्णयमा पुगेको थियो । सीमामा भएको तनावकै कारण अहिले यातायात सेवामा परेको अप्ठेरोका कारण स्थगनको अनिवार्य भएको जनाइएको छ ।
धेरै विदेशी खेलाडी आफ्नो घर फर्कने योजनामा रहेपछि बिसिसिआईले समन्वय गर्दै यातायातमा सहयोग समेत गर्न थालेको थियो । बिहीबार धर्मशालामा पन्जाब किंग्स र दिल्ली क्यापिटलका बिचमा खेल भइरहेको समयमा ब्ल्याक आउट भएर खेल मात्र रोकिएन । त्यहाँबाट फर्कनका लागि खेलाडीका माझमा समस्या उत्पन्न भएको थियो।
दुवै टोली धर्मशालाबाट जालन्धरसम्म बसमा यात्रा गरेर त्यसपछि रेलको यात्रा गरेर दिल्ली पुगेका थिए । आईपीएलमा अझ १२ खेल बाँकी छन् । एक सातापछि सुचारु भएन त्यसपछि भारतका धेरै घोषित शृङ्खला छन् । यसले आईपीएल यस वर्ष सम्पन्न हुने कुरामा नै धेरै कठिनाइ उत्पन्न हुन पनि सक्थ्यो ।
‘भारतका लागि क्रिकेट पक्कै पनि महत्त्वपूर्ण हो । तर, त्यो भन्दा पनि महत्त्वपूर्ण अन्य केही हो,’ भारतीय क्रिकेट टोलीका पूर्व विकेटकिपर दीपदास गुप्ताले भने । गुप्ता आफै पनि शुक्रबार हुने भनिएको लखनउ सुपर जायन्ट्स र रोयल च्यालेन्जर बंगलोरु बीचको खेलको कमेन्टेटरको काम गर्न लखनउ पुगेका थिए । उनले घर गएका विदेशी खेलाडी नफर्किए आईपीएल अर्को साता अघि बढ्न कठिन हुने बताएका छन् । इङ्ल्यान्डका धेरै खेलाडी घर फर्कने क्रममा थिए भने अस्ट्रेलियाका खेलाडीले तयारी गरेका थिए । वेस्ट इन्डिजका खेलाडी भने भारतमा नै छन् ।
बिसिसिआईको लक्ष्य मे महिनामा नै सक्ने हो । यस अघि निर्धारित समय अनुसार २५ मे मा सकिने थियो । जुन महिनामा भारतको इङ्गल्यान्डको टेस्ट शृङ्खला सुरु हुनेछ । मे या जुनका सुरुवाती दिनसम्ममा हुन सकेन भने अर्को सम्भावना भएको मिति अगस्ट र सेप्टेम्बर हो। अगस्टमा हुने भनिएको बङ्गलादेश भ्रमण पनि भारतले रद्द गर्ने सम्भावना छ । सेप्टेम्बरका लागि तय भएको एसिया कप पनि हुने सम्भावना कम छ । त्यसै समयमा आईपीएलको सम्भावना छ । यस अवस्थामा युद्ध विराम भए पछि १५ मेबाट आयोजनाको तयारी गरेको छ । यो बीचमा घर गएका विदेशी खेलाडीलाई फर्काउनका लागि यो समय माग गरिएको हो ।
इङ्लिस क्रिकेट टोलीका पूर्व कप्तान माइकल भौनले बाँकी रहेका खेल इङ्गल्यान्डमा गर्न सुझाव दिएका थिए । यसअघि पनि यदाकदा आईपीएलका खेलहरू भारत भन्दा बाहिर भएका थिए । सन् २००९ मा पनि दक्षिण अफ्रिकामा आईपीएलका खेल भएका थिए ।
सन् २०१४ मा पनि एक चौथाइ खेल संयुक्त अरब इमिरेट्समा भएका थिए । कोभिड महामारीका कारण सन् २०२१ मा विदेशमा नै भएको थियो। भौनको विचारमा इङ्गल्यान्डमा खेल भएमा यसपछि हुने शृङ्खलाका लागि समेत भारतीय खेलाडीका लागि सहज हुनेछ ।
आईपीएल स्थगनको निर्णय पछि भारतीय स्टार विराट कोहलीले सामाजिक सञ्जालमा लेख्दै सेनाप्रति सम्मान गर्दै यस समयमा सबै भारतीय सेनाको पक्षमा रहनुपर्ने बताएका थिए ।