Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

बारामा बालबालिका मृत्यु प्रकरणः विषाक्त खानाको रहष्य खुलेन





बारा ।

पाँच दिन अगाडी विषाक्त खानाले सिम्रौनगढ नगरपालिका–७ झवानी गाउँका एकै परिवारका तीन बालबालिकाको मृत्यु भयो । यद्यपि खानामा कसरी विष मिसिन पुग्यो भन्ने अझै खुलेको छैन । अति विपन्न दलित परिवारका नरेश राम चमारका नाबालिक २ छोरी र १ छोराको गत सोमवार मृत्यु भएको थियो । प्रहरीले अनुसन्धान भइरहेको दाबी गरेपनि खाना विषाक्त कसरी हुन पुग्यो भन्ने पत्ता लगाउन सकेको छैन । खाना खाएर बिरामी परेपछि उपचारमा संलग्न चिकित्सकहरुले विषाक्त खानाले मृत्यु भएको मृतक परिवारलाई बताएको थियो । गाउँकै पोखरीबाट मारिएको सानो पोठे माछा किनेर बालबालिकाकी आमाले शनिवार राति पकाएकी थिइन् ।
भात र माछा खाएपछि उनीहरूलाई पेट दुख्ने, आँखा नदेख्ने समस्या भएको थियो । मृतक बालबालिकाको भिसेरा जाँचका लागि विधि विज्ञान प्रयोगशाला पुगिसकेको छैन । ९ वर्षीया छोरी लालिमा, ७ वर्षीया पुष्पा र ५ वर्षीय छोरा कृष्णनन्दनको उपचारको क्रममा वीरगन्ज नेशनल मेडिकल अस्पतालमा मृत्यु भएको थियो । पोस्टमार्टम भने वीरगन्ज नारायणी अस्पतालमा भएको थियो ।
‘माछा मारिएको पोखरी धनी, माछा मारेर बिक्री गर्ने व्यक्ति, मृतकको आमा, हजुरबुवा र हजुरआमा सहित छरछिमेकबाट सोधपुछ गरिएको छ,’ सिम्रौनगढ ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नवीन राईले भने, ‘मृत्यु भएका तिनै बालबालिका एउटै थालमा सँगै आना आएका थिए ।’ राम परिवारको घरमा खानतलासी गर्दा कुनै प्ररकारको विषादी फेला नपरेको उनले बताए ।
घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ । सोही माछा भात बालबालिकाको परिवार र छिमेकीले खाँदा कोही विरामी परेनन् । दलित परिवारका तीन बालबालिकाको काजक्रिया गर्न खर्च जुटाउन मुस्किल परिरहेको वडाध्यक्ष विवेक मेहताले बताए । मेहताले व्यक्तिगत १० हजार सहयोग उपलब्ध गराएका हुन् ।