Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

आरआर क्याम्पसमा तोडफोड गर्ने नेविसंघका १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी





काठमाडौँ ।

प्रदर्शनी मार्गमा रहेको रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा तोडफोड गरेको अभियोगमा नेविसंघका १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

वैशाख २२ गते नेविसंघका नेता तथा कार्यकर्ताहरूले आरआरमा तोडफोड गरेका थिए । तोडफोडमा संलग्न १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । क्याम्पस प्रशासनले दिएको जाहेरीका आधारमा प्रहरीले १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

आरआर क्याम्पसमा स्ववियुको विषयलाई लिएर नेविसंघका कार्यकर्ताहरूले तोडफोड गरेका थिए । निर्वाचन समितिले अनेरास्ववियुबाट स्ववियु अध्यक्षका उम्मेदवार बनेका लोकेश खड्काकाे अध्यक्षतामा स्ववियुको नयाँ कार्यसमिति चयन गरेको थियो ।

सर्वपक्षीय रूपमा विभिन्न विद्यार्थी सङ्गठनहरूबिच भागबन्डा गरेर स्ववियु कार्यसमिति चयन गरिएको थियो । नेविसंघको तर्फबाट स्ववियु सचिवमा शैलेन्द्र उपाध्याय चयन भएका थिए । उक्त कार्यको विरोध गर्दै नेविसंघबाट स्ववियु अध्यक्षका उम्मेदवार बनेका विनोदराज जोशीसहितका ६ जना उम्मेदवारहरूले उच्च अदालत पाटनमा रिट दायर गरेका थिए । उक्त रिटमाथि सुनुवाइ गर्दै लिखित जवाफ माग गरेको थियो ।