Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

आइपीएलको बाँकी खेल बारे निर्णय गर्दै बीसीसीआई





एजेन्सी ।
भारत र पाकिस्तानबीच हिंसात्मक झडपहरू तीव्र बनेसँगै इन्डियन प्रिमियर लिग (आईपीएल) को बाँकी खेलबारे अन्तिम निर्णय आज लिइने भएको छ ।
भारतीय क्रिकेट बोर्डका उपाध्यक्ष राजीव शुक्लाले बिहीबार एक अन्तर्वार्तामा भनेका छने, ‘हामी परिस्थिति निगरानीमा राखिरहेका छौं, सरकारको सल्लाहको पर्खाइमा छौं र आईपीएलको अन्तिम निर्णय छिट्टै लिनेछौं ।’
उनले थपे, ‘परिस्थिति दिनप्रतिदिन परिवर्तन भइरहेको छ । हामीलाई जे भनिन्छ, त्यही गर्नेछौं र सबै सरोकारवालालाई जानकारी गराउनेछौं । अहिलेको हाम्रो प्राथमिकता खेलाडी, समर्थक र सरोकारवाला सबैको सुरक्षा हो ।’
यसअघि, मुम्बई र पञ्जाबबीच आइतबार हुने भनिएको आईपीएल खेल सुरक्षा कारण धर्मशालाबाट गुजरात सारिएको थियो । हिंसाका कारण धर्मशालास्थित विमानस्थल बन्द गरिएको छ ।
यसैबीच, पाकिस्तानले पहिले नै पाकिस्तान सुपर लिग (पीएसएल) का बाँकी आठ खेल सुरक्षा चिन्ताका कारण संयुक्त अरब इमिरेट्स सारिसकेको छ । बिहीबार साँझ पाकिस्तानले भारतमा आक्रमण गरेको खबरसँगै सुरक्षाका कारण देखाउँदै आईपीएलको आजको खेल बीचमै रोकिएको थियो ।
हिमाञ्चल प्रदेशको धर्मशालामा पञ्जाब किङ्स र दिल्ली क्यापिटल्सबीचको खेल चल्दै गर्दा फ्लडलाइट निभेपछि प्राविधिक कारण देखाइएको थियो । पञ्जाबले १०.१ ओभरमा १ विकेट गुमाएर १२२ रन बनाएको अवस्थामा खेल रोकिएको हो ।