Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

टेस्ट क्रिकेटबाट रोहितको संन्यास





न्यू दिल्ली ।

भारतीय कप्तान रोहित शर्माले बुधबार टेस्ट क्रिकेटबाट संन्यास घोषणा गरेका छन् । भारतले अर्को महिना गर्ने इंग्ल्यान्ड भ्रमणअघि रोहितको यो निर्णय बाहिर आएको हो । तर उनले ५० ओभरको क्रिकेट भने खेलिरहने छन् ।

रोहितले भारतका लागि ६७ टेस्ट खेलेका छन् । त्यसमा उनले ४ हजार ३ सय १ रन बनाएका छन् । त्यसमा १२ शतक समावेश छ । त्यसमध्ये उनको सबैभन्दा उच्च व्यक्तिगत स्कोर २ सय १२ रहेको छ । यो उनले सन् २०१९ मा दक्षिण अफ्रिकाविरुद्ध खेलमा बनाएका थिए ।

उनको औसत भने ४० माथि रहेको छ । ‘टेस्ट क्रिकेटमा भारतको प्रतिनिधित्व गर्न पाउने पनि आफैंमा ठूलो सम्मान हो,’ ३८ वर्षीय रोहितले इन्स्ट्राग्राममा लेखेका छन् । उनले त्यसमा थपेका छन्, ‘यति धेरै वर्ष मप्रतिको माया र समर्थनका लागि सबैलाई धन्यवाद ।’

रोहितले यसअघि नै ट्वान्टी–२० क्रिकेटबाट पनि संन्यास लिइसकेका छन् । गत वर्ष बार्बाडोजमा भएको विश्वकप जितेपछि विराट कोहलीसँगै रोहितले पनि राष्ट्रिय टोलीबाट ट्वान्टी–२० क्रिकेट नखेल्ने घोषणा गरेका थिए ।

रोहितकै नेतृत्वमा भारतले दुबईमा भएको एकदिवसीय च्याम्पियन्स ट्रफी पनि जितेको थियो । जुन–जुलाईमा भारतले इंग्ल्यान्डविरुद्ध पाँच टेस्टको शृंखला खेल्दै छ । त्यसमा टिमलाई नयाँ कप्तान चाहिनेछ । रोहितले अन्तिम पटक गत वर्ष मेलबर्नमा अस्ट्रेलियाविरुद्ध टेस्ट खेलेका थिए । त्यसमा भारत १ सय ८४ रनले पराजित भएको थियो ।

सिड्नीमा भएको अन्तिम तथा पाँचौं टेस्टमा रोहित सहभागी थिएनन् । त्यतिबेला उनी खराब ब्याटिङ लयबाट गुज्रिरहेका थिए । भारतले त्यो खेल पनि गुमाएको थियो । पाँच टेस्टको शृंखला भातरले २–१ ले गुमाएको हो । रोहितले ५ इनिङ्समा ३१ रनमात्र बनाउन सकेका थिए । त्यही बेला उनलाई टेस्ट क्रिकेटबाट संन्यास लिने दबाब बढेको थियो ।

उनले सन् २०१३ बाट टेस्ट क्रिकेट यात्रा सुरु गरेका थिए । टेस्टमा पनि उनी आफ्नो आक्रामक शैली कायम राख्न सफल खेलाडी हुन् । कोहलीबाटै उनले भारतीय टिमको कप्तानी पनि लिएका थिए ।