Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

राराबको सहायक क्याम्पस प्रमुखका लागि आज अन्तरवार्ता लिइयो, छनौट समितिका संयोजकमा निधि देखिए





जनकपुरधाम ।
जनकपुरधामको रामस्वरुप रामसागर बहुमुखी क्याम्पसको सहायक क्याम्पसका लागि आवेदन दिएकाहरुको छनौट समितिले आज अन्तरवार्ता लिएको छ । क्याम्पस प्रमुख प्रा. डा. बसन्तकुमार कर्णले नवेन्द्रकुमार निधिको संयोजकत्वमा छनौट समिति बनाएका छन् । निधि राराबका क्याम्पस प्रमुख रहिसकेका छन् । समितिको सदस्यमा केन्द्रिय क्याम्पस कीर्तिपुरका शिक्षक संतोष घिमिरे र राराबका पूर्व सहायक क्याम्पस प्रमुख रामनरेश ठाकुर रहेका छन् । छनौट समितिको नाउँ गोप्य राखिएको थियो । यतिसम्म कि सूचनाहरुमा पनि उहाँहरुको सही राखिएको थिएन । अन्तरवार्ताको समयमा मात्रै छनौट समितिमा को –को रहेका छन् क्याम्पसका कर्मचारी शिक्षकहरुले बुझेका थिए ।
सहायक क्याम्पसका लागि ७ जना शिक्षकले आवेदन दिएका थिए । आवेदन दिएका मध्ये उपप्राध्यापक चन्द्रदेव पाठकले ३ संकायका सहायक क्याम्पस प्रमुखका लागि आवेदन दिएका थिए । उहाँले विज्ञान तथा प्रविधि अध्ययन संस्थान, मानविकी तथा सामाजिकशास्त्र र शिक्षाशास्त्र संकायका लागि आवेदन दिएको जानकारी क्याम्पसले दिएका थिए ।
यसैगरी मानविकी तथा सामाजिकशास्त्र संकाय तर्फ उपप्राध्यापक विनिता ठाकुरले, व्यवस्थापन संकाय तर्फ उपप्राध्यापक विनोदलाल कर्ण र उपप्राध्यापक डा. दिलिपलाल कर्ण, विज्ञान तथा प्रविधि अध्ययन संस्थान तर्फ उपप्राध्यापक डा. विपिनकुमार राय, शिक्षा संकायको तर्फ उपप्राध्यापक वीरेन्द्रकुमार यादव र सहप्राध्यापक सूर्यकान्त साह रहेका छन् । परीक्षामा सातैजना सहभागि भएका थिए ।
छनौट समितिको सिफारिसको आधारमा त्रिभुवन विश्वविद्यालयले सहायक क्याम्पस नियुक्त गर्नेछन् ।