Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

जलेश्वरनाथ महादेव मन्दिरबाट फिरौती माग्ने दुई पक्राउ





जनकपुरधाम ।
महोत्तरीको जलेश्वर मन्दिरबाट फिरौती माग गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जलेश्वर नगरपालिका– ५ का गफुर राईनलाई पैसा माग गरिएको र पैसा नदिए धम्कीपूर्ण भाषा प्रयोग गरेको आरोपमा २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक धर्मराज मुडभरीले बताए ।
रामगोपालपुर –५ घर भई जलेश्वर डेरा गरी बस्ने २४ वर्षीय सुनिल कुमार राउत र १९ वर्षीय करण मण्डललाई पक्राउ गरपएकोे प्रहरी निरीक्षक मुडभरीले बताए । पक्राउ परेको दुबै जनाले केही दिन देखी अगाडि बाटोमा चिठ्ठी दिएर ९२ हजार रुपैयाँ माग गरिएको र पैसा नदिए धम्कीपूर्ण भाषा प्रयोग गरिएको सूचना प्राप्त भएपछि शुक्रबार जलेश्वर मन्दिरबाट उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।