Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

राराबको सूचनामा फेरी भाषा समस्या, जनकपुरधामको पहिचान – सीतामाताको नाउँ नै अशुद्ध देखियो

नेपालीका चर्चित कवि ‘गरीब’ले अशुद्धिलाई लिएर कविता नै लेखे





जनकपुरधाम ।
प्राज्ञहरुको जमघट रहेको केन्द्रबाट निकालिने सूचनामा पटक–पटक अशुद्धि देखिएपछि सामाजिक सञ्जालमा निकै आलोचना भइरहेको छ । तर ती आलोचनाका बाबजूद सम्बन्धित निकाय सुधार तर्फ कुनै ध्यान नदिएको देखिएको छ ।
जनकपुरधाम क्षेत्रका सबैभन्दा प्रतिष्ठित क्याम्पस – रामस्वरुप रामसागर बहुमूखी क्याम्पसको प्रत्येक सूचनामा आजभोलि भाषागत समस्या देखिएको छ । यो भाषा समस्यालाई लिएर नेपालीक चर्चित कवि दिनेश पौडेल ‘गरीब’ले कविता नै लेखेका छन् । नेपाली भाषका शिक्षक समेत रहेका गरीबको कविता यसप्रकार रहेको छ –

हे सीता माता,
माफ गर ! मलाई
छोडें शरण तिम्रो ।
जमघट थियो जनकपुरको,
रौनक थियो राराब क्याम्पसको
पत्रिका थियो भित्तेको
हुँदैनथ्यो कहिल्यै गल्ती त्यो ।
हामी नि रा . रा. ब . क्याम्पसकै
अन्धभक्त पढक्कढ थियौं नै
पढ्थ्यौँ , रट्थ्यौंम ; र त,
परीक्षामा आफ्नै शैलीमा
लेखिन्थ्यो पनि,
हे सीता माते !
आजका दिन तिम्रा चरणमा
छैन हाम्रो शरणको भार ।
हाम्ले त तिम्लाई ” सीता ” भनी पुकार्ने गर्थ्यौं
आजको रा रा ब ले तिम्लाई त ” सिता ” = सखडी
बनायो ।
मुटु भक्कानियो माते ,
जनकपुरियाले नै तिमीलाई
भातको ” सिता ” बनायो ।
दु:खी छु माते ,
हाम्ले तेस्तो गल्ती
कैल्यै गरेनौं,
अहिलेकाले अब तिम्लाई नि
लोटाउँदैछन् ।
* * * * * * * * * * * *
हे ! जानकी माते !
अब ,
राराब क्याम्पसमे
” सीता ” लिख्ने नहि आते
कैसे विद्या पलायन हुवा ?
हे माते ! जानकी ।

कवितामा विभिन्न व्यक्तिहरुको प्रतिक्रियाहरु पनि आएको छ । सिए संतोष साह लेख्नुहुन्छ – अब सर फेरि जनकपुर आउनु पर्यो र तिनीहरूलाई सिकाउनु पर्यो ।
यसैगरी सविन घिमिरे लेख्नुहुन्छ – भाषा र भाषिक शुध्दता त पोलेर खाए जस्तो लाग्छ दाई ।
सो सूचनामा सही गर्ने व्यक्ति पिएचडीधारी छन् तर पनि पटक–पटक अशुद्धि आइरहेको छ ।