Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

विद्यालय शिक्षा विधेयकमाथि संसदीय समितिमा छलफल हुँदै





काठमाडौं ।
विद्यालय शिक्षा विधेयकमाथि संसदीय समितिमा छलफल हुँदैछ । यसकालागि प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो साढे ३ बजे बस्दैछ ।
सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने बैठकमा विद्यालय शिक्षा विधेयकमाथि छलफल हुनेछ । यो विधेयकमाथि सहमति जुटाउने गरी समितिले उपसमिति गठन गरेको थियो । उपसमितिको कार्य प्रगतिका विषयमा मूल समितिमा छलफल हुनेछ ।
११ सदस्यीय उपसमितिको संयोजकमा छविलाल विश्वकर्मा छन् । उपसमितिमा पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेल, सुमना श्रेष्ठ, सांसदहरू रेखा शर्मा, डिगबहादुर लिम्बू, महेन्द्रकुमार राय, रामप्रकाश चौधरी, विनिताकुमारी सिंह, बिना जैसवाला सदस्य छन् ।