Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

विद्यालय कर्मचारीले हातमा कालोपट्टि बाँधेर काम गरे





काठमाडौँ ।

देशभरका विद्यालय कर्मचारीहरूले हातमा कालो पट्टि बाँधेर काम गरेका छन् । नेपाल शिक्षक महासङ्घसँग सरकारले गरेको ९ बुँदे सहमतिप्रति असहमति जनाउँदै देशभरका विद्यालय कर्मचारीहरूले आन्दोलन थालेका हुन्।

नेपाल विद्यालय कर्मचारी परिषद्ले पहिलो चरणको आन्दोलन घोषणा गरेअनुसार आज विद्यालय कर्मचारीहरूले हातमा कालो पट्टी बाँधेर काम गरेका हुन्।  ९ बुँदे सहमतिमा विद्यालय कर्मचारीहरूको पारिश्रमिक नेपाल सरकारले तोकेअनुसार हुने भन्ने थियो।

विद्यालय कर्मचारीहरूले तोकेबमोजिम भनेको कति हो भनेर प्रश्न गरेका छन्। यसअघि आन्दोलनका क्रममा महासङ्घले विद्यालय कर्मचारीको तलब निजामती कर्मचारी सरह  (नासु–खरिदार) हुनुपर्ने माग गरेको थियो । तर, सहमति गर्दा भने त्यो विषय संशोधन गर्दै सरकारले तोकेबमोजिम हुने भनेर उल्लेख गरिएको थियो ।

परिषद्ले उक्त विषयमा आपत्ति जनाउँदै आन्दोलनको घोषणा गरेको छ। सोहीअनुसार आजदेखि आन्दोलनको सुरुवात गरेका हुन्।  परिषद् अध्यक्ष गंगाराम तिवारीले महासङ्घले विद्यालय कर्मचारीलाई धोका दिएको बताएका छन् ।

उनले विगतमा सरकारले आफूसँग गरेको सहमतिअनुसार माग सम्बोधन नहुँदासम्म आन्दोलन गर्ने चेतावनी दिएका छन्।  परिषद्ले जेठ ९ र १० गते माइतीघर मण्डलामा धर्ना दिने कार्यक्रम राखेको छ।