Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मधेस प्रदेश कलाकार संघको कार्यसमिति चयन





जनकपुरधाम ।
कलाकारहरुको हकहित संरक्षण गर्ने अभिप्रायले मधेसका कलाकारहरुले मधेस प्रदेश कलाकार संघ गठन गरेको छ । पछिल्लो समय मधेसका कलाकारहरु उत्पीडनमा पर्दै आएको भन्दै कलाकारहरुको हकहित रक्षाका साथै उनीहरुको आवाज उठाउने उद्देश्यले मधेस प्रदेश कलाकार संघ गठन गरिएको हो ।
कलाकारहरुको बैठकबाट रोशनकुमार मिश्रको अध्यक्षतामा ११ सदस्यीय संघको कार्यसमिति समेत चयन गरिएको छ । संघको उपाध्यक्षमा रिना यादव, महासचिवमा रमेश महतो, सचिवमा रितेश पाटली र कोषाध्यक्षमा अविजित चौधरीलाई चयन गरिएको छ ।
त्यस्तै सदस्यहरुमा अरुण विजया, प्रशान्त अरविन्द, वीरेन्द्र झा, सुस्मा साह, संजीव महासेठ र संतोषलाल दास चयन भएका छन् ।