Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

अभियानमा खट्ने नेताका लागि उपेन्द्र यादवले तोके नियम र आचारससंहिता





जनकपुरधाम ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका अभियन्ताका रुपमा पालिकामा खटाइएका अभियन्ताहरूको लागि दश वटा नियम र आचारसंहिता तोकेको छ ।
४ महिने आधारभूत सङ्गठन निर्माण अभियानमा खटिएर जाँदा अभियन्ताले पालन गर्नुपर्ने नियम र आचारसंहिता तय गरेको नेता पूर्ण बस्नेतले बताए । उनकाअनुसार अभियन्ताले बैठक र कार्यक्रमको सुरूवात तोकिएको समयमै गर्नुपर्ने तथा आसनग्रहण र सम्बोधनमा कम समय खर्चिनु पर्ने, कार्यक्रमलाई भड्किलो, खर्चिलो र आडम्बरयुक्त बनाउन पाइने छैन ।
यस्तै, जात, लिङ्ग, वर्ग, क्षेत्र, पेसा, शिक्षा, भाषा र धर्मको आधारमा कसैलाई अपमान गर्न तथा व्यक्तिगत घोचपेच र आरोप प्रत्यारोप गर्न नपाइने उनले बताए । अभियन्ताले आफ्नो कुरा अपिलको शैलीमा राख्नुपर्ने छ साथै छोटो र मीठो बोल्नुपर्ने छ । अभियन्ताले पदलाई पुरस्कार हैन जिम्मेवारीको रुपमा ग्रहण गर्नुपर्ने छ ।
अभियन्ताले परिणामुखी काम गर्ने तथा आफ्नो कामको रिपोर्ट बनाएर पार्टीलाई बुझाउनु पर्ने छ । पार्टीभित्र छलछाम, षड्यन्त्र र गुटबन्दी गर्न पाइने छैन । साथै अभियन्ता अध्ययनशील, मेहनती र सक्रिय रहनु पर्ने छ । जसपा नेपालले भदौ ९ गते काठमाडौंको थापागाउँस्थित काठमाडौं ब्याङ्क्वेटबाट ४ महिने अभियानको उद्घाटन गर्ने भएको छ ।
पार्टी विभाजन भएपछि अध्यक्ष उपेन्द्र यादवले पार्टी संगठन निर्माणको कामलाई प्राथमिकता दिएका छन् ।