Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

आवासीय चिकित्सकका पक्षमा आजपनि प्रदर्शन हुने





जनकपुरधाम ।
निजी तथा सरकारी मेडिकल कलेज प्रतिष्ठानका आवासीय चिकित्सकले आज पनि प्रदर्शन गर्ने भएका छन् । चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको आठौँ तह (४८ हजार मासिक रुपैयाँ)को निर्वाह भत्ता माग गर्दै उनीहरु आन्दोलित छन् ।
नेपाल चिकित्सक संघले आन्दोलनमा सहभागी चिकित्सकहरुलाई धन्यवाद दिँदै आज पनि माइतीघर मण्डलामा आएर प्रदर्शन गर्न समेत आग्रह गरेको छ । त्यस्तै उपत्यका बाहिरका चिकित्सकहरुलाई आआफ्नो जिल्ला प्रशासन कार्यालयअगाडि उपस्थित भएर धर्ना दिन आग्रह गरेको छ ।
निजी मेडिकल कलेज सञ्चालकहरुले भने आठौँ तहको निर्वाह भत्ता आवासीय चिकित्सकलाई दिन नसकिने अडान लिइरहेका छन् ।